वर्षमानको प्रश्न : एमालेका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र खारेज हुन्छ ? (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले एमालेको केन्द्रीय कमिटीमा भएका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र कसरी खारेज हुन्छ ? भन्दै प्रश्न उठाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

सम्बन्धित सामग्री

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो ।माओवादी केन्द्रबाट कारबाही भोगेर निकालिएका नेताहरूले आयोगलाई सो दल अवैधानिक रूपमा रहेको भन्दै खारेजीको माग गरेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन नै दर्ता गराएक

माओवादी केन्द्र वैध रहेको आयोगको निर्णय

काठमाण्डाै – नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   पूर्वमाओवादीका ने...

माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन कहाँ पुग्यो ?

सर्वोच्च अदालतको आदेशपछि पुनः अस्तित्वमा आएको माओवादी केन्द्र अवैध रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । गत बुधबार एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, …

माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ, तुरुन्त खारेज होस : रायमाझी

काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलेको टिप्पणी गरेका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गरिदिनुपर्यो भनेर जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी […]

असम्बन्धित व्यक्तिले पार्टी खारेज हुनुपर्छ भन्नु हास्यास्पद : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिनु हास्यास्पद भएको बताएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले वक्तव्य जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदन रहेको र दल दर्ता तथा दल खारेजी सम्बन्धी निवेदन दिनु हास्यास्पद भएको बताएका हुन् ।  उनले सम्पूर्णमा सो विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।  कागेश्वरी मनहरा–७ काठमाडौंका सरोज बुढाथोकीको नामबाट दल दर्ता खारेजी सम्बन्धी निर्वाचन आयोगमा निवेदन परेको छ ।  आज पूर्वमाओवादी नेत...

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र मकवानपुरले पनि गर्दोइमा राख्यो आफ्नै बोर्ड

हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयले पनि गर्दोइमा पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका हुन्। यसैकारण गर्दोइस्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो। एमालेसँग एकीकरण हुनुअघि पनि त्यहाँ माओवादीकै जिल्ला कार्यालय…

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यही दलबाट निर्वाचित भएका जननिर्वाचित प्रतिनिधिहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि २०७६ साल मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो । […]

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा […]