नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरूका लागि दुर्घटना बीमा गरेको छ । महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरूको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग मंगलबार बुटवलमा बीमा सम्झौता गरिएको हो ।महासंघले सामूहिक बीमा अन्तरगत १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी बीमा कम्पनीसँग सम्झौता गरिएको रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । महासंघमा आबद्ध सदस्यहरू कुनै पनि दुर्घटना परेको खण्डमा औषधि उपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष ड