‘कलम’ले बालुवाटारमा ल्याएको कम्पन

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा एमाले नेताहरूको दौडधुप चार दिनयता तीव्र छ । विशेषगरी एमालेकै अर्को पक्ष माधवकुमार नेपाल समूहसँग सहमति जुटाउन विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायत सक्रिय छन् । एमाले पुनर्मिलनको अवसर बन्ने आशमा नेपाल समूहबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे ओलीतर्फका नेताहरूसँग वार्तामा […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको क्यूआर कोड नेपाल राष्ट्र बैंकमा

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपालीहरूको महान चाड बडा दसैंलाई केन्द्रीत गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक […]

अध्यादेश ल्याउन प्रचण्ड-माधवले दिएका थिए सहमति, नारायणकाजीको विरोध

२७ मंसिर, काठमाडौं । सरकारले सत्ता गठबन्धनका शीर्ष नेताहरुकै सहमतिमा अध्यादेश ल्याएको खुलेको छ । प्रतिनिधिसभा निर्वाचनपछि १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने प्रस्ताव गरेका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । बैठकमा सहभागी […]

‘सत्ता गठबन्धन टुटेको छैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन्। बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए। ‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले […]

बजेट परिमार्जन गर्न सत्ता गठबन्धन सहमत, मन्त्रिपरिषद् विस्तार चाँडै

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बजेट परिमार्जन गर्न सहमत भएको छ ।  अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्न लागेको हो ।  गठबन्धनका नेताहरू बजेट परिमार्जन गर्न सहमत भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।  ‘बजेट परिमार्जनको लागि अर्थमन्त्री र योजना आयोगले छलफल गरेर टुंगो लगाउने भनिएको छ । बाँकी काम उहाँहरूले गर्नुहुन्छ,’ बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले लोकान्तरसँग भने । अहिलेसम्मको राजनीतिक घ...

सत्ता गठबन्धन बैठक : मन्त्रिमण्डल विस्तार बुधबार, बजेट सच्याउन सुझाव

गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता द

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको सर्वत्र विरोध, कसले के भने?

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि सर्वत्र विरोध हुन थालेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाण्डाै - नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । ‘सबै जना जम्मा भइसक्यौँ, अब बैठक बस्छ’- नेता नेम्वाङले भन्नुभयो । बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप छलफल हुनेछ । यस्तै कोभिड सङ्क्रमणको विषय तथा आउँदाे रणनीतिको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकअघि एमाले...

राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलबार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।