धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो स्थानमा परेको छ । दक्षिण एशियाका मुलुकहरुमा नेपालमा कुल जनसङ्ख्यामध्ये १९ दशमलव ४४ प्रतिशतले कोरोनाबिरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । नेपालमा हालसम्म ६२ लाख जनाले कम्तीमा एकडोज र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। कोभिशिल्ड, आष्ट्राजेनेका र भेरोसेल खोप दुई […]