काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणा आफूले २०७२ सालमा नै ल्याएको बताएका छन्।थापाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा कार्यक्रममा सार्वजनिक गरेको अवधारणापत्रलाई लिएर ओलीले आफ्नो अवधारणा कपी गरेको टिप्पणी गरेका थिए। ओलीको टिप्पणीमा थापाले सामाजिक सञ्जालमा जवाफ दिएका हुन्।‘आजकाल अलिअलि सुनिन थालिएको छ, हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं। अ