खोपको सहज उपलब्धता गराउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छलफलमा उनले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्था

सम्बन्धित सामग्री

साउनभित्र विद्युतीय भोटिङ मेसिन उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसन (इभिएम) प्रयोग गर्न साउनभित्रै व्यवस्था गरिदिन आग्रह गरेको छ। इभिएमबारे अध्ययन गर्न आफैँले गठन गरेको अध्ययन समितिको प्रतिवेदनले दिएको सुझावका आधारमा आयोगले गृहमन्त्रालयमार्फत सरकारलाई नेपाल बाहेक अन्य देशको मेसिन उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले अध्ययन समितिले नेपालमा बनेको इभिएम प्रयोग गर्न उपयुक्त […]

विद्युतिय मतदान यन्त्र साउन मसान्तसम्म उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौं, १६ असार । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा […]

यौनजन्य हिंसाका साक्षी र पीडितको सुरक्षा गर्न आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता एवम् सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गरी पीडितलाई कानूनअनुसार क्षतिपूर्ति पाउने हकको व्यवस्था स्मरण गराएका छन्।पोखरेलले निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत यौनजन्य हिंसा तथा बलात्कार घटनाबाट पीडितहरूको न्यायिक हक र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। आयोगले साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उप

बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भनिएको छ ।“यौनजन्य तथा बलात्कारका घटनाका पीडित र साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानुनी दायरामा ल्याउन आयो

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानुन दायरामा ल्याउन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेका विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन  तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ।‘बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्त

विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ ।       पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी...

मतदाता नामावली संकलनमा सघाउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छूट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ । देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता अहिले नामावली संकलन कार्य भइरहेको छ । नामावली संकलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको आयोगले बताएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भई दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । रासस

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह

राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केह