प्रदेश सरकारको बजेटमा पनि उद्योग व्यवसाय क्षेत्र उपेक्षामा प-यो

प्रदेश–२ सरकारको बजेटले वीरगन्जका उद्योगी व्यवसायीहरुलाई केही पनि हेरेन । सबैभन्दा ठूलो माग हाम्रो के थियो भने, अब औद्योगिक क्षेत्र बिना उद्योग सञ्चालन गर्न सकिँदैन । विभिन्न समस्याहरु छन् । ढल निकासको समस्या, जग्गा महंगो भयो, स्थानीयको समस्या, सुरक्षाको समस्या यी सबै कारणले औद्योगिक क्षेत्र स्थापना गरिदेऊ भनेका थियौं । हाम्रो एकसुत्रीय माग भनेको एक […]

सम्बन्धित सामग्री

कसुर प्रमाणित नभई व्यवसायीलाई नथुन्न माग

कसुर प्रमाणित नभई उद्योगी व्यवसायीलाई थुन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने मोरङका उद्योगी व्यवसायीले माग गरेका छन् । व्यवसायीको पक्ष नसुनी उजुरी परेकै आधारमा सिधै थुन्ने प्रवृत्ति हाबी हुँदै गएका कारण उद्योग व्यवसाय क्षेत्र धराशायी हुँदै गएको समेत उनीहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको ‘निजी क्षेत्रलाई कसरी हेर्ने ? थुन्ने कि सुन्ने ?’ विषयक […]

कस्तो रह्यो २०७९ सालमा उद्योग-व्यवसाय क्षेत्र ?

काठमाडौं । २०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा आशासँगै निराशा पनि देखियो । यद्यपि केही सकारात्मक काम पनि भए । नेपालका कम्पनीहरूले भारतमा सिमेन्ट निर्यात शुरू हुनु गत वर्ष उद्योगको क्षेत्रमा हासिल भएको महत्त्वपूर्ण उपलब्धि थियो ।  उद्योगको क्षेत्रमा केही निराशा पनि देखियो । अटोमोबाइल क्षेत्रमा सुस्ती, निर्माण उद्योगमाथि संकट यसका उदाहरण हुन् । गत वर्ष उद्योग-व्यवसाय क्षेत्रमा यी घटनाक्रम भए ।    भारतमा सिमेन्ट निर्यात शुरू नेपालका कम्पनीहरूले उत्पादन गरेको सिमेन्ट भारतमा निर्यात शुरू भयो । सरकारले निर्यातमा अनुदान दिने घोषणा गरेपछि व्यवसायीले भारतमा सिमेन्ट निर्यात थालेका हुन् । निर्यातका लागि कतिपय कम्पनी भारतीय गुणस्तर चिह्नको पर्खाइमा छन् भने केहीले प्राप्त गरेर निर्यात थालिसकेका छन् । पाल्पा र अर्घाखाँची सिमेन्टले भारतमा निर्यात गरिरहेका छन् ।  स्टार्टअप कर्जा दिने निर्णय  सरकारले स्टार्टअप व्यवसायलाई विनाधितो कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्टअप कर्जा कार्यविधिअनुसार १४ प्रकारका उद्यमलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने निर्णय गरिएको हो । एक स्टार्टअप उद्यमीले बढीमा २५ लाखसम्म कर्जा पाउनेछन् ।  अटोमोबाइल क्षेत्रमा सुस्ती वर्षको शुरुआतदेखि नै अटोमोबाइल क्षेत्रमा सुस्ती देखियो । गत वैशाखमा नेपाल राष्ट्र बैंकले अटो कर्जा जोखिम भार ७५ बाट बढाएर १५० प्रतिशत पुर्‍याउने र कर्जा सीमा ५० प्रतिशत तोक्ने कदम चालेपछि यो क्षेत्र प्रभावित भयो । बजेटमार्फत विलासिताका वस्तुमा प्रतिबन्ध लागेपछि अटोमोबाइल्स क्षेत्र धराशयी बन्न पुग्यो । संसद् भवनकै अगाडि आत्मदाह  आर्थिक संकटले जेलिएपछि युवा व्यवसायी पे्रम आचार्यले मुलुकको संघीय संसद् भवन अगाडि नै आत्मदाह गरे । आत्मदाह गर्नुअघि लेखेको सुसाइड नोटमा उनले उल्लेख गरेका ९देशमा व्यावसायिक वातावरण नभएको, सरकार युवाप्रति अनुदार बनेको भन्ने जस्ता० विषयले देश नै तरंगित बन्यो । निर्माण उद्योगमाथि संकट निर्माण उद्योग संकटको अवस्थामा रहे । सरकारी एवं निजी निर्माणका कार्य अति सुस्त बन्दा स्टील तथा सिमेन्ट उद्योगको अवस्था जटिल बन्यो । एकै वर्ष तीन वाणिज्यमन्त्री  अस्थिर सरकारको क्रम जारी रहँदा एकै वर्ष तीनजना उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । पटक पटक मन्त्री परिवर्तन हुँदा उद्योग वाणिज्य क्षेत्रका समस्या समाधानमा ठोस पहल हुन सकेन ।  महासंघमा नयाँ नेतृत्व  मुलुकका उद्योगी व्यवसायीको ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आयो । निवर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएपछि चन्द्र ढकालले नेतृत्व सम्हालेका छन् । त्यस्तै पछिल्लो कार्यकालको नेतृत्व गर्ने वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

विद्युत् आपूर्ति अवरोधले उद्योग व्यवसाय बन्द

काठमाडौं (अस) । गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातीत विद्युत् आपूर्ति अप्रत्यासित बन्द भएको जनाई प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति ठप्प पारिदिँदा उद्योग, कलकारखाना बन्द गर्नुपरेको उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विज्ञप्तिमार्फत बताएका छन् । लामो समयदेखि तरलता अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग, व्यवसाय क्षेत्र पूर्वसूचनाबिनै अचानक विद्युत् अवरुद्ध हुँदा थप प्रताडित भएको ती संस्थाको भनाइ छ । पछिल्लो समय प्रायः दैनिकजसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट नेपालमा प्रशस्त विद्युत् उत्पादन भइरहेको र उद्योग, व्यवसायको मागबमोजिम विद्युत् आपूर्ति हुने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेकाले निजी क्षेत्रले औद्योगिक गतिविधि एवं लगानी बढाउँदै लगेको उनीहरूको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोसम्म मागेजति विद्युत् दिन्छौं, हामी विद्युत् निर्यात गर्ने अवस्था पुग्यौं भन्ने तर भारतबाट एक दिन विद्युत् आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार भई तत्काल ऊर्जा संकट समाधान गर्दै यसमा आत्मनिर्भर हुने गरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकारलाई अपिल गर्दछौं ।’ भारतमै ऊर्जा संकट भई अप्रत्यासित मूल्यवृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर विद्युत् प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता बिहीबार पत्रकार सम्मेलनमार्फत व्यक्त भएपछि यसले निजी क्षेत्रको मनोबल उचो बनाएको ती संस्थाले बताएका छन् । वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी वहन गर्दै विद्युत् आपूर्ति अवरुद्ध भई उद्योग, व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले बेहोर्नुपर्ने क्षतिलाई दृष्टिगत गरी हाल देखिएको ऊर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगमा निरन्तर विद्युत् आपूर्ति व्यवस्थाका लागि उनीहरूले आग्रह गरेका छन् ।

ब्याजदर बढाउने बैंकरको निर्णय फिर्ता लिन महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ ।  कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । महासङ्घले एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन भने उत्पादित वस

निजी क्षेत्रको संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् ।निजी क्षेत्र एकढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भएकाले संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई अगाडि बढाउनुपर्नेमा दुवै […]

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

काठमाडौं । नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रको एकताले मात्र व्यवसायिक क्षेत्र मजबुत हुने निश्कर्ष निकालेका छन् ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उ

कोरोना संकटमा एफडीआई ल्याउन आकर्षक परियोजना आवश्यक

कोरोनाभाइरस (कोभिड–१९)का कारण उद्योग व्यवसाय क्षेत्र अत्याधिक प्रभावित बन्दै गएपछि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) तत्कालका लागि झनै चुनौतीपूर्ण भएको छ । तर, आर्कषक परियोजना छनोट भए अहिले पनि एफडीआईको सम्भावना भने रहेको सरकारको बुझाइ छ । विश्वका सबैजसो देशमा कोरोनाको प्रभाव परेकोले विगतको जस्तो सामान्य प्रयासले मात्र अब लगानी ल्याउन मुस्किल देखिएको सरकारको ठहर छ ।

https://nagariknews.nagariknetwork.com/economy/265381-1594041628.html

बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।