कानुन प्रभावकारी बनाइनुपर्ने

कर्णाली प्रदेशप्रमुख तिलक परियारले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत दलित महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ। प्रदेशप्रमुख परियारले कानुन कार्यान्वयन नहुँदा विभेद, अपमान बढेको चर्चा गर्दै कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दलित महिला सङ्घद्वारा सुर्खेतमा सोमबार आयोजित न्याय, समानता र सम्मानका लागि दलित महिलाको प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले समुदायमा दलित र त्यसमा पनि दलित महिला बढी प्रताडित हुने गरेको चर्चा गर्दै उनीहरूलाई राष्ट्रिय मूलप्रवाहमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो।

सम्बन्धित सामग्री

‘सांसदलाई विकासभन्दा कानुन निर्माणमा सक्रिय बनाऊ’

९ कात्तिक, काठमाडौं । सांसदहरु कानुन निर्माणमा केन्द्रित हुन नसकेको र परिणाममा संसद प्रभावकारी नभएको भनी हुने गरेको सार्वजनिक टिप्पणीलाई संघीय संसद सचिवालयले स्वीकार गरेको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको पाँच वर्षको संघीय संसद तथा प्रदेश सभाहरुको समीक्षात्मक प्रतिवेदनले सांसदलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्नेसहित तीन सुधारको आवश्यकता औंल्याएको छ । ‘संसदलाई प्रभावकारी बनाउन […]

प्रभावकारी कार्यान्वयन हुन सकेन बालश्रम निषेध कानुन

काठमाडौँ, २८ असोज । बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ को प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । संवैधानिकरूपमा निषेधित र दण्डनीय (संविधानको धारा ३९), सान्दर्भिक कानुन अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन २०७५, देवानी अपराधसंहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४, बालश्रम शोषणसँग सम्बन्धित छन् । तर यी […]

कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

काठमाडौं,३० जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । […]

‘सम्पत्ति शुद्धीकरण कानुन सशक्त, कार्यान्वयन फितलो’

महालेखापरीक्षकको कार्यालयका पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन सशक्त भए पनि प्रभावकारी ढंगले कानुन कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन्।...

कानुन प्रभावकारी बनाउन संसदीय समिति कारागार अनुगमनमा जाने

कारागारसम्बन्धी कानुन प्रभावकारी बनाउन सांसदले कारागार अनुगमन गर्ने भएका छन् । कारागारभित्र विद्यमान समस्या पहिचान गरी निराकरणका लागि कानुनमै व्यवस्था गर्न संसदीय टोली अनुगमनमा जान लागेको हो । देशभर ७४ कारागारमा करिब...

कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ,४ साउन । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भने । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो […]

राष्ट्रियसभा बैठक : कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए भनेर त्यसको अनुगमन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भनेका हुन् । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको […]

अवैध व्यापार रोक्न प्रभावकारी कानुन प्रवद्र्धन गरिने

हात्तीका विभिन्न अंगको अवैध व्यापारलाई रोकेर एसियन हात्ती संरक्षण गर्न १३ मुलुक प्रतिबद्ध भएका छन् । एसियाली हात्ती पाइने १३ राष्ट्रका सरकारी अधिकारी र विशेषज्ञ टोलीबीच काठमाडौंमा बुधबारदेखि शुक्रबारसम्म सञ्चालित बैंठकको ‘काठमाडौं घोषणापत्र’ मा हात्तीको अवैध व्यापारलाई रोक्न प्रभावकारी कानुन प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।एसियाली हात्तीहरूको संरक्षण तथा हात्तीहरूको भविष्य सुनिश्चितताका तथा समस्या […]

‘महिला हिंसाविरुद्धका कानुन कार्यान्वयन गर’

संसदीय समितिले महिला हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले काठमाडौंमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसाविरुद्धका कानुन पर्याप्त भए पनि कार्यान्वय पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले प्रभावकारी […]