नेपाली पात्रोको अद्भूत रेडियो– रेडियो पनि समाचार पनि

नेपाली पात्रोले ‘अद्भूत रेडियो– रेडियो पनि अनलाइन समाचार पनि‘ भन्ने थिममा आईओएस तथा एन्ड्रोएड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि पढ्न पाउनेछन् । ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही

सम्बन्धित सामग्री

यो रेडियो जनगणतन्त्र नेपाल हो…

‘यो रेडियो नेपाल हो, अब प्रविण गिरीबाट समाचार सुन्नुहोस्…’ विहान ७ बजे हाम्रो घरको रेडियोमा समाचार सुन्न गाउँका कतिपय मान्छेहरु समेत आउने गर्थे । मैले जान्दादेखि नै हाम्रो घरमा एउटा पुरानो पानासोनिक रेडियो थियो । एकजनाले घरमै ल्याएर बेचेको भन्नुहुन्थ्यो बाले । कसले कतिमा बेचेको हो नाम याद भएन । तर पंचायतकालदेखि नै हाम्रो घरमा […]

रेडियो नेपालद्वारा बज्जिका भाषामा समाचार प्रसारण

काठमाडौँ, १ फागुन । रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रशारण आरम्भ गरेको छ । विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि उक्त सो भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु गरेको हो । चौबिसै घन्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ […]

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २ बजेको गर्विलो आवाज आउँछ। ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’, ‘ऐ रेडियो नेपाल हे, औंर कृष्णा ताम्राकार सें समाचार सुनिए’, ‘ठ रेडियो नेपाल ख, आ कृष्णा ताम्राकार पाखा समाचार निनादेश’ यो आवाज रेडियो नेपालमा ३० औं वर्ष गुन्जियो। व्यक्तित्वको हिसाबले एउटा रेडियोमा […]

अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

काठमाडौं । ‘विशेष गरी समाचार वाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज–यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बिहानै ट्विट गरे, ‘उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना ।’ खड्काले भनेजस्तै ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने आवाज बिहीबार रातिबाट बन्द […]

आफ्नो समयकी लोकप्रिय समाचार वाचिका- कृष्णा ताम्राकार

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नूहोस्।’ विसं. २०१८ सालपछि रेडियो नेपालबाट प्रशारण हुने समाचारमा सुनिने सशक्त ध्वनि सधैंका लागि विलीन भएको छ। रेडियो नेपालबाट आएको समाचारलाई नेपालभरिका मानिसले विश्वास गर्थे। त्यो विश्वास दिलाउन सक्नेगरी समाचार वाचन गर्थिन्- वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार, उनै ताम्राकारे ८६ वर्षको उमेरमा यो संसारबाट बिदा लिएकी छन्। पहिलो […]

नेपाली पात्रोको नयाँ अपडेटमा अनलाइन समाचारसहितको अद्भूत रेडियो

काठमाडौं । नेपाली पात्रोले ‘अद्भूत रेडियो-रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । दुई महिना अघि नेपाली पात्रोले ‘यो गज्जब छ’ भन्ने थिम सार्वजनिक गरेको थियो । नयाँ सार्वजनिक अपडेटले देशभर र देश बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरुलाई समेट्नुका साथै रेडियोमा केही अद्भूत र रेडियो […]

समाचार सुन्न धार्चेका ५० गोठालालाई रेडियो उपहार

उत्तरी गोरखाका गोठालाहरूलाई समाचार सुन्न रेडियो वितरण गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकमा गोठमा बस्दै आएका स्थायी गोठालालाई रेडियो विरतण गरिएको हो । गोठमा बस्दै आएका गोठालालाई गाउँपालिकाको विकास गतिविधि तथा देश–विदेशमा हुने...

रेडियो नेपालले माग्यो कर्मचारी [सूचना हेर्नुहोस्]

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, बाध्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक (नेपाली), कार्यालय सहायकलगायतका पदमा दरखास्त आह्वान गरेको हो।   योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि लागू हुनेगरी २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

फ्रिडम फोरमले रेडियो मेलम्चीलाई गर्‍यो ५० हजार रुपैयाँ सहयोग

फ्रिडम फोरमले सामुदायिक रेडियो, रेडियो मेलम्ची १०७.२ मेगाहर्जका ५० हजार रूपैँया सहयोग गरेको छ । फोरमले बुधवार रेडियो मेलम्चीलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण रेडियोको भवन पूर्ण रुपमा क्षति भएको थियो ।  नागरिकको सूचना, समाचार र सम्पर्कसँग पहुँच पु¥याउन रेडियोलाई उक्त सहयोग गरिएको हो ।