काठमाडौँ – यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइतबारसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन्। पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन्। यो ऋतुमा सगरमाथा […]