सोलुखुम्बु : शरद ऋतुमा सगरमाथा आरोहण गर्न ५ जना पर्वतारोहीले अनुमति लिएका छन्।सगरमाथा आरोहणका लागि एउटा समूहका ५ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। बढी हिउँ पर्ने भएकाले शरदमा सगरमाथा आरोहणका लागि उपयुक्त सिजन मानिँदैन।विभागले शरद ऋतुमा देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १ हजार २३८ आरोहीलाई अनुमति दिएको छ। तीमध्ये अधिकांश पर्वतारोही गोरखास्थित मनास्लु हिमाल आरोहणका लागि जाँदै छन्।कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति लिइसकेका छन्। दोस्रोमा