नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोद गरेको हो । एकीकृत समाजवादीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।