सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक छ कि गलत छ भन्नेबारे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेताहरू दुई धारमा बाँडिएका छन् ।जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश अध्यक्ष उपेन्द्र यादवको समेत सहमतिमा आएको र यो सही भएको बताएका छन् । जसपा नेता श्रेष्ठले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिरक्षा गरिने रातोपाटीलाई बताए । गठबन्धन बनिसकेपछि त्यसको स्वामित्व लिनुपर्ने बताउँदै उनले भ