काठमाडौं: सरकारले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्यायो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरिन्। अध्यादेश जारी भएलगत्तै संविधानविद् तथा अधिवक्ता भीमार्जुन आचार्यले फेसबुकमा लेखे, ‘यस्तो महामारीको समयमा आज ओली र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे।’
त्यतिमात्रै होइन आचार्यले यो विषयमा पहिला ओलीले नै…