नेपालमा हरेक पटक संविधान जारी हुँदा नागरिकताको विषयमा पनि विवाद हुनेगरेको देखिन्छ । विसं २०४७, २०६३, २०७२ मा जारी हुँदा पनि यो विवाद भइरहेको देख्न सकिन्छ । हरेक पटक नागरिकता दिने व्यवस्थामा खुकुलो पार्ने काम भएको सबैले महसुस गरेका छन् । नेपाल भूपरिवेष्ठित, सानो भूभाग र थोरै जनसङ्ख्या भएको देश हो । छिमेकमा तीनतिर भारत र एकातिर चीन छ । दुवै देश संसारको धेरै जनसङ्ख्या भएका पहिलो र दोस्रो देश हुन् । भूभागका हिसाबले पनि यी देश संसारका ठूलामा दोस्रो र तेस्रोमा पर्दछन् । नेपाल र भारतका सिमानामा पा