चितवन–३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने बताएका छन्। सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए थिए। ‘मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३। म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु’ उनले भने।अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तु

सम्बन्धित सामग्री

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देश...

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा […]

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौँ- नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाकाे चुनाव नलड्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु राजनीति […]

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गरेका हुन्। ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको स्ट्याटसमा भनिएको छ। २०६४, २०७० […]

अबका कुनै चुनाव नलड्ने पौडेलको घोषणा

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार […]

चुनाव कहिले घोषणा होला

काठमाडौं, १२ साउन । नागरिकता विधयेक पारित भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिश हुने आशा गरिएको छ । विधयेक पारित नभएसम्म चुनाव घोषणा नगर्ने सत्ता गठबन्धनमा छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार नागरिकता विधयेक कार्यान्वयन गरी नयाँ नागरिकता पाएकालाई पनि मतदाताको सूचीमा समावेश गर्नुपर्ने विषय उठेको छ । त्यसका लागि केही […]

अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।बिहीबार  खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ।  मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावक

साउनको पहिलो साता चुनाव घोषणा हुने

काठमाडौं, १३ असार । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने विश्वस्त स्रोतले रिपोटर्स नेपाललाई जानकारी दिएको छ । चुनाव एकै चरणमा गर्ने या दुई चरणमा गर्ने भन्नेबारे भने छलफल चलिरहेको […]

मानुषीद्वारा संसदको चुनाव लड्ने घोषणा

काठमाडौं, २५ जेठ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेकी हुन् । मानुषीले काठमाडौं ७ या ५ बाट चुनाव लड्ने बताएकी छिन् । उनी विगतमा माओवादीनिकट अखिल क्रान्तिकारीमा थिइन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेकी मानुषी छोरा जन्मिएपछि केही […]

चुनाव घोषणा गराउन एमालेले दबाबमूलक आन्दोलन गर्ने

प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।  निर्वाचन आयोगले आगामी ४ जेठमा...