हेटाैंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बिएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेपछि सरकारको आयु ६ दिन लम्बिएको हो।प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक १० गतेसम्मका लागि सारिएको छ।बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरुले छलफल गरेका थिए। विश्वासको मतसम्बन्धी प्रस्तावको