कपिलवस्तु – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताउनुभएकाे छ ।
कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्ताे बताउनुभएकाे हाे ।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता विरोधीहरूले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको चुनावसम्म सरकार ढल्ने सम्भाव...