अल्पमतका बाबजुद बागमती प्रदेश सरकारको आयु लम्बिँदै

 बागमती प्रदेशमा विपक्षी गठबन्धनलाई आफ्नो तर्फबाट मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । गठबन्धनका दलहरू बीच भावी मुख्यमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्नेबारे केन्द्रीय तहबाट कुनै निर्देशन आइसकेको छैन ।अदालत देखाएर सत्ता लम्बाउने&nbs

सम्बन्धित सामग्री

बागमतीमा सरकारको आयु जबरजस्ती लम्ब्याइँदै

गणीतीय रुपमा लामो समयदेखि अल्पमतमा रहेको बागमती प्रदेश सरकारले आफ्नो आयु जबरजस्त लम्ब्याउने कोसिस गरेको छ । गत असोज २४ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता गरेता पनि हालसम्म त्यसलाई प्रदेशसभाबाट टुङ्ग्याइएको छैन ।संवैधानिक व्यवस्थाअनुसार गत असोज २४ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा लगिए पनि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको प्रस्ताव पेश […]

बागमती प्रदेश : अल्पमतको सरकारलाई लम्ब्याउने एमालेको प्रयास

नेकपा एमाले विश्वासको मत सम्बन्धी प्रस्ताव टार्ने प्रयास थालेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्र पठाएको हो ।नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ