धनकुटा : प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटाको प्रदेश सभा 'क' मा तीनजना पूर्वसहकर्मी मुख्य प्रतिस्पर्धी रहेका छन्। उनीहरु हुन् नेकपा एमालेका धनकुटा सचिव निरन राई, गठबन्धनबाट एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ।प्रदेशसभा १ मा उनीहरु ३ जनासहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई चुनावी मैदानमा छन्। ४ जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा यिनै पूर्व सहकर्मीबीच हुने देखिन्छ।अझ र