'आह हेटौंडा' बनाउन मेयरमा मेरो उम्मेदवारी : अनन्त पौडेल, 'गठबन्धन हराउन पार्टीले मलाई छान्यो'

हेटौंडा उपमहानगरपालिका मेयरमा एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल चुनावी मैदानमा छन्। एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको र गठबन्धनको उम्मेदवारमा नेपाली कांग्रेसको स्थानीय कमिटीको असन्तुष्टि रहेको अवस्थामा मीनाकुमारी लामासँग पौडेलको चुनावी भिडन्त रोचक हुने देखिन्छ। यसअघि हेटौंडामा एमालेबाटै हरिबहादुर महत मेयरमा निर्वाचित भएका थिए। यसपटक भने एमालेविरुद्ध पाँच दलको गठबन्धन…

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगरको मेयर जित्ने पौडेलको दाबी

हेटौंडा ।  मकवानपुरको ठूलो राजनीतिक शक्तिका रूपमा रहेको नेकपा एमालेबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेल हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र वौद्धिक नेताका रूपमा चिनिनुहुन्छ । जिल्लाकै ठूलो शक्तिका रूपमा रहेको एमालेकै कारण पनि आफ्नो पल्लाभारि हुने उहाँको दाबी छ । हेटौंडाको मेयरमा आफ्नो उम्मेदवारी यहाँको […]

हेटौंडाको मेयरमा २१ जनाको उम्मेदवारी

हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र ९ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी

हेटौंडाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयन दर्ता

हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका हुन् ।हेटौंडा उपमहानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिनाकुमारी लामाले मेयर र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

एमालेबाट हेटौंडाको मेयर-उपमेयरमा पौडेल र काफ्लेको उम्मेदवारी

हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि एमालेको तर्फबाट अनन्त पौडेल र उपमेयरका लागि सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन् ।

एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेलको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन्। सोमबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। संविधानसभा सदस्य रहेका पौडेल संविधानसभा सदस्य परिषद् संयोजक पनि रहेका छन्। उपमेयरमा उम्मेदवारी दिएकी काफ्ले अखिल नेपाल महिला संघको मकवानपुर जिल्ला अध्यक्ष रहेकी छन्।