गाडी उत्पादक कम्पनी निसानले नेपाली बजारमा द अल–न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स सार्वजनिक गरेको छ । नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेको निसानले जानकारी दिएको छ । ८० वर्ष अघिदेखि विशेषगरी पिकअप सेगमेन्टका गाडी बिक्रीमा निसान अब्बल छ ।द अल–न्यू नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ । बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह