काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि बुधबार बिहान थाइल्यान्ड गएका छन्। उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन्।लामो समयदेखि कमलपित्त (जन्डिस)बाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्ला केही दिनदेखि समस्या देखिएको हो। पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारक