स्वास्थ्य लाभ गरेर माओवादी नेता पुन सोमबार नेपाल फर्किदै

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन लामो समयको उपचारपछि स्वदेश फर्किनुहुने भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले आफू स्वदेश फर्किन लागेको जानकारी गराउनुभएको हो । बैंकक र चीनको लामो उपचारपछि स्वास्थ्य लाभ गरेर नेपाल फर्किन लागेको उहाँको भनाइ छ। ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किदै छु’, नेता पुनले फेसबुकमा लेख्नुभएको छ । असोज १३ गते पुन उपचारका लागि थाइल्याण्ड जानु भएको हो । लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुन थाइल्याण्डबाटै मंसिर २० गते थप उपचारका लागि चीन जानु भएको हो।

सम्बन्धित सामग्री

माओवादी नेता आचार्यको निधन

नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए । उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रह