माओवादी नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् । उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाइल्याण्ड जान सुझाव दिएको थियो । सोही अनुसार उनी  थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत

काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले […]

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किंदै

९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या […]

९८ दिन लामो उपचारपछि माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २० पुस : माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । उनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए […]

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ।पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए। ‘अहिले बिल

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ विन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए।

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । पूर्व सभामुख तथा पत्नी ओनसरी घर्तीसहित नेता पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका हुन् । उनका स्वकीय सचिव सन्तोष पुनका अनुसार नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा नेता पुन थप उपचारका लागि बैंकक गएका हुन् । उनको थाइल्याण्डको […]

थप उपचारका लागि बैंकक उडे माओवादी नेता वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उनी त्यसतर्फ उडेको उनको सचिवालयले जनाएको छ। यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजाने छ। पुनसँगै उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि…

माओवादी नेता पुन उपचारका लागि बैंकक गए

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् ।

माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि बुधबार बिहान थाइल्यान्ड गएका छन्। उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन्।लामो समयदेखि कमलपित्त (जन्डिस)बाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्ला केही दिनदेखि समस्या देखिएको हो। पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारक