काठमाण्डाै – उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पर्सि सोमबार नेपाल आउनुहुने भएको छ ।
गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताउनुभयो । पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएक...