युद्ध, महामारी र आर्थिक मन्दीले यो वर्ष विश्वभर अर्बपतिको संख्यामा पनि गिरावट आएको छ । यो वर्ष अर्बपतिको संख्या २६६८ जना रहेको फोर्ब्सको ३६ औं वार्षिक र्याङकिङले देखाएको छ । यो संख्या गत वर्षको तुलनामा ८७ जनाले कम हो । उनीहरुको कुल सम्पत्ति १२७ खर्ब डलर रहेको छ । यो २०२१ को तुलनामा ४ खर्बले कम हो । रुसमा अर्बपतिको संख्यामा गिरावट आएको छ । त्यहाँ गत वर्षको तुलनामा ३४ जना कम अर्बपतिको संख्या रहेको छ । यसैगरी चीनमा पनि अर्बपतिहरुको संख्यामा कमी आएको छ । चिनियाँ सरकार प्रविधि कम