धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान भिजेर खेतमै नष्ट भएको छ। आइतबारदेखि अविरल रुपमा भइरहेको वर्षाका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो।
खेतमा काटेर सुकाउनका लागि राखिएको धान...
अविरल वर्षाले धनुषामा धान बालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।वर्षाले तरकारी
मनसुनको समय सकिएपछि ढुक्कले धान काटेका किसानका बाली नष्ट भएसँगै अविरल वर्षाले उद्योगहरूमा पनि ताण्डव मच्चाएको छ । साथै, विद्युत् आयोजना, सडक, पुललगायत भौतिक संरचनाका साथै सयौंको संख्यामा जीवनको पनि क्षति भएको छ । सरकारले तत्कालका लागि राहतको घोषणा त गरेको छ । तर, यसपटकको मनसुनपछिको वर्षाले जनजीवनमा नराम्रो असर छोड्ने देखिन्छ । किनकि किसान […]
६ कात्तिक, रौतहट । बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएकाले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आईटी किसान संघर्ष समितिले माग गरेको छ । केही दिनअघि परेको वर्षाका कारण किसानले खेतमा लगाएका धानबालीमा व्यापक क्षति भएको छ । वर्षा तथा हावाहुरीका कारण धानबाली नष्ट भएपछि किसानहरु पीडित बनेका छन् । धान रोप्ने बेला सिँचाइ तथा मलखाद्यको अनेकौं […]
वर्षातका कारण कैलाली, कञ्चनपुरमा भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाले धानबाली सखाप पारेको हो । धानबाली क्षति भएपछि किसान चिन्तित छन् । धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ ।
धान काट्ने बेला भएको अकस्मात वर्षा हुँदा पर्वतका किसान चिन्तामा परेका छन् ।वर्षभरिको बाली थन्काउने बेला वर्षा हुँदा किसानले पिरलो मानेका हुन् । निरन्तर वर्षा हुँदा पाकेको धान खेतमै अलपत्र परेको छ । कतिपयले काटेको धानको पाँजा खेतमा रुझेको बताएका छन् । मोदी ६ तिलाहारका दिपेन्द्र लामिछानेले वर्षाले काटेको धान खेतमै रुझेको बताए । खुर्कोटमा […]
म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । बाली भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि खाद्य संकटको चिन्ता भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।
‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एक÷दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो, चिन्तित छौं ।’ जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए । रासस
लगातार दुई दिनको वर्षाले कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि किसान चिन्तित बनेका छन्...
दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...
वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा
असोज १५, कैलाली । असोजको महीना किसानका लागि महत्वपूर्ण महीना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गरेका छन् । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन ।
‘धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन’, उनी भन्छन्, ‘यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।’
यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ ।
हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् । अहिले दैनिकजसो वर्षा हुने गरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।
टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमीनमा धानखेती गरेका छन् । दिनमा मौसम सफा भएपछि उनले केही धान काटे तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ’ , रतिराम भन्छन्, ‘काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाँटकाँट देखिएकै छैन ।’
टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिघा जमीनमा धानखेती गरेका छन् । लामो समयदेखि कृषिमा लागेका साउदले विगतका वर्षमा यतिबेला सबै धान भित्र्याइ सक्थे । ‘खेतमा धान पाकेर कालो पर्न थालिसक्यो । दैनिकको वर्षाले कतिपय ठाउँमा धान ढलेर बिग्रिसकेको छ’, साउद भन्छन्, ‘यो वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुने अपेक्षा गरेका थियौं । मौसमले साथ नदिएका कारण खेतमै धान नष्ट हुन थालेपछि चिन्ता बढेको छ ।’
धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बीउ उत्पादनका लागि ४५ हेक्टरमा बिज वृद्धिका लागि धानखेती गरेको छ । बीउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन दिन नसक्ने भन्दै सहकारीका अध्यक्षसमेत रहेका साउद एक/ दुई दिनमा मौसममा सुधार नआए किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउँछन् ।
‘अहिले टीकापुर क्षेत्र बिज वृद्धिमा आत्मनिर्भर भइसकेको छ ।बद्लिंदो मौसमले हामीलाई समयसमयमा चुनौती थप्दै आएको छ’, उनी भन्छन्,“बीउ उत्पादनमा लगानी पनि बढी भएको हुन्छ । समयमै भित्र्याउन नसके धान कालो हुने र बीउका लागि उपयुुक्त नहुने भएकाले पनि अहिले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ता बढेको छ ।’
जानकी गाउँपालिकामा रहेको बीज वृद्धि कृषक सहकारी संस्थाले १६३ हेक्टरमा बीज वृद्धिका लागि धानखेती गरेको छ । कैलालीकै सबैभन्दा बढी बीउ उत्पादन गर्ने उक्त संस्थाका व्यवस्थापक गोविन्दराज रावल धान खेतमै बिग्रन अवस्थामा पुगेका कारण बीज वृद्धिमा समस्या आउनसक्ने बताउँछन्।
धान खेतमै ढलेर पानीमा सड्न थालेकाले मौसमले पनि किसानलाई नै चुनौती दिएको उनको भनाइ छ । रासस