रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध […]

सम्बन्धित सामग्री

अब के गर्छन् रोनाल्डो ?

विश्वका सर्वाधिक लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल भए । विश्वकप सुरु भएसँगै क्लबविहीन भएका रोनाल्डो अब के गर्छन् त ?

रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी

क्रिस्टियानो रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी बनेका छन् । ३७ वर्ष २९२ दिनको उमेरमा घानाविरुद्ध पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले यो रेकर्ड बनाएका हुन् ।सबैभन्दा धेरै उमेरमा गोल गर्ने कीर्तिमान क्यामरुनका रोजर मिलरको नाममा छ । मिलरले सन् १९९४ मा ४२ वर्ष ३० दिनको उमेरमा गोल गरेका थिए । रोनाल्डो विश्वकपमा गोल गर्ने युरोपबाट भने सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।त्यस्तै, रोनाल्डो विश्वकपमा कुनै पनि देशका लागि सबैभन्दा कम उमेर र सबैभन्दा बुढो उमेरमा गोल गर्ने तेस्रो खेलाडी

रोनाल्डो बने ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

८ मंसिर, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् । रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता […]

रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

सुबास हुमागाईं, कतार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । विहीबार समूह जी को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले दुर्लभ उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले घानाविरुद्ध विश्वकपको आठौं गोल गरे । उनले १८ औं खेल खेल्ने क्रममा ६४ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाए […]

युनाइटेडको टिममा फर्किए रोनाल्डो

पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए ।रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्रा

रोनाल्डो ‘प्लेयर अफ दि मन्थ’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका हुन् । यो सँगै उनी युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी बनेका छन् । यसअघि इंग्लिस फरवार्ड […]

रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल…

रोनाल्डो ५०० मिलियन फलोवर्स हुने पहिलो खेलाडी

इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ । यस अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन । रोनाल्डोको सर्वाधिक धेरै फलोवर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ । यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोवर्स रहेकोे छ भने ट्वीटरमा उनको फलोवर्स ९१ मिलियन रहेको छ ।