सुबास हुमागाईं, कतार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । विहीबार समूह जी को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले दुर्लभ उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले घानाविरुद्ध विश्वकपको आठौं गोल गरे । उनले १८ औं खेल खेल्ने क्रममा ६४ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाए […]