विगत एक दशकमा संसारभरि अर्बपतिहरूको संख्या तीव्र गतिमा बढेको छ ।
अर्बपतिहरूको संख्या बढ्दै जाँदा आर्थिक असमानता पनि आकासिँदो छ ।
महामारीमा मध्यमवर्ग समेत गरीब भइरहेको बेलामा अर्बपतिहरूको सम्पत्ति चाहिँ बढेको छ ।
टेस्लाका संस्थापक इलोन मस्कको सम्पत्ति २५ अर्ब डलरबाट बढेर १५० अर्ब डलर पुगेको छ ।
कोरोनाभाइरस महामारी अर्बपतिहरूका लागि सम्पत्ति बढाउने अवसर बनेकाले पूँजीवादका बारेमा बहस पनि चलिरहेको छ ।
कोरोनाका कारण आएको आर्थिक संकट व्यवस्थापनका लागि संसारका विभ...