काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते गर्ने निर्णय

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते गर्ने निर्णय भएको छ । आइतबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।   महानगरपालिकाका मेयर बालेन्द्र शाहले असार ५ गते अधिवेशन बोलाउन गरेको प्रस्ताव कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन दफा ६५ बमोजिम स्वीकृत भएको हो । यस्तै बैठकले स्थानीय राजश्व परामर्श समिति गठन गर्दै सोको संयोजकमा उपमेयर सुनितालाई तोकेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सुमन श्रेष्ठ सदस्य तथा महिला सदस्यमा मीना सिंह रहेकी छ

सम्बन्धित सामग्री

प्रेस युनियनले वर्षभरि प्रशिक्षण चलाउने, सबै शाखा अधिवेशन असार ५ भित्र गरिसक्ने

काठमाडौं । नेपाल प्रेस युनियनका अधिवेशन हुन बाँकी शाखा अधिवेशन आगामी असार ५ गते भित्रमा सम्पन्न गर्नुपर्ने भएको छ । अहिलेसम्म ३० शाखाको अधिवेशन सम्पन्न भएपनि अन्य शाखामा अधिवेशन नभएकाले असार ५ गतेसम्मका लागि समय तोकिएको हो । अहिले तोकिएको समय सीमा भित्र पनि अधिवेशन गर्न नसक्ने शाखा नेतृत्वको हकमा समयावधि सकिएपछि कठोर निर्णय गर्ने […]

स्वास्थ्यखबर हेल्थ अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आज साँझसम्म आवेदन दिन पाइने छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार असार ५ गतेदेखि आजसम्म अवार्डका लागि आवेदन खुला गरिएको हो।

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि तोकिए कमाण्डर

१२ असार, काठमाडौं । अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि कमाण्डरहरू तोकेको छ । क्रान्तिकारीको यही असार ५ गतेको बैठकको निर्णय अनुसार तीन महिने अभियानका लागि इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहनेछन् । जसअनुसार सात प्रदेशमा दुई/दुईवटा कमाण्ड बनाइएको छ भने विशेष प्रदेश र विश्वविद्यालयमा तीन/तीन वटा कमाण्ड बनाइएको छ । प्रदेश १ ‘क’को इन्चार्जमा […]

अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवालाई संसदीय समितिले छलफलमा बोलायो

३० जेठ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले […]

एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर असार ५ देखि लिलाममा आउने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले असार ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयरहरु असार ५ गतेदेखि असार १९ गतेसम्म लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो ।  यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।  अबदेखि कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो । कम्पनीको गत माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुन लागेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

जिसस म्याग्दीको निर्वाचन असार ५ गते हुने

म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो ।जिससको प्रमुख उपप्रमुखसहित ९ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली […]

गोरखामा एकहप्ता थपियो निषेधाज्ञा

४ असार, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । […]

कांग्रेस जिल्ला सभापतिको भेला असार ५ देखि

नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सभापतिहरूको भेला राख्ने निर्णय गरेको हो। असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वैशाख १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको…