रनवेमा बँदेल आउन नदिन नेपालगञ्ज विमानस्थलको झाडी सफाइ

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल आसपासमा रहेको झाडी हटाएर सरसफाइ गरिएको छ। झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोकिएको छ। जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा चारवटै सुरक्षा निकायका प्रतिनिधिले विमानस्थल आसपासमा सरसफाइ गरेका छन्। मंगलबारमात्रै हुम्ला उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो। जहाजसँग ठोक्किएको तीन वटा बँदेल मरेको थियो। त्यसअघि बुद्ध […]

सम्बन्धित सामग्री

अछाममा बँदेल आतंकले गाउँ नै त्रासित

२१ माघ, अछाम । अछाममा जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट उनी गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज […]

विमानमा बँदेल ठाेक्किएपछि विमानस्थलभित्रकाे झाडी फाँडियाे

बाँके – वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ । झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन...

बँदेलको झुन्ड ठोक्किएपछि धावनमार्ग वरिपरिका झाडी फाँड्न सुरू

सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ । विमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र घाँस रहेकोले त्यहाँ जङ्गली जनावरहरु आएर लुकेर बस्ने तथा बेला बेलामा जहाजसंग ठोक्किने गरेकोले बुधवारबाट झाडी काट्ने कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाउनुभयो ।

बँदेल ठोकिएकाे विमान हटाइयाे, नेपालगञ्ज बिमानस्थल सुचारु

सीता एअरको बीमानमा बँदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगञ्ज विमानस्थल पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९ एन–एएचबी नम्बरको बिमानसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो । जहाजसंग ठोक्किएपछि तीनवटा बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएकोले सो सफाई गर्न र अन्य बँदेल रहेको भए उनिहरुलाई धपाउनका लागि यहाँबाट हुने सम्पूर्ण उडान बन्द गरिएको थियो ।

उडन लागेकाे विमानमा तीनवटा बँदेल ठाेक्किएपछि…

नेपालगञ्ज । हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको कल साइनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक […] The post उडन लागेकाे विमानमा तीनवटा बँदेल ठाेक्किएपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालगञ्ज विमानस्थलमा तीनवटा बँदेलसँग विमान ठोक्किएपछि...

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका छन् । सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार उडानका लागि गुडिरहँदा सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका थिए । विमानस्थलभित्र झाडी भएकाले बँदेलको बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किएका...

नेपालगञ्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्कियो

नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने तयारी गरिहेको सिता एयरको विमान अकस्मात बँदेलसंग ठक्कर खान पुगेको छ । मंगलबार विहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाज बँदेलसँग ठक्कर खाएको हो । विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको र जहाजको अगाडिको टायरमा प्वाल परेको छ । जहाजलाई …

जहाजमा बँदेल ठोक्कियो

नेपालगञ्ज विमानस्थलमा नजिक रहेको झाडीबाट निस्केको बँदेल विमानस्थलमा रहेको बुद्ध एयरको जहाजमा ठोक्किएको छ । मङ्गलबार साँझ ६.२५ बजे बुद्ध एयरको काठमाडौँबाट नेपालगञ्ज अवतरण गर्न लागेकै बेला जहाजसँग बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताउनुभयो ।