सीता एअरको बीमानमा बँदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगञ्ज विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
नेपालगञ्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९ एन–एएचबी नम्बरको बिमानसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो ।
जहाजसंग ठोक्किएपछि तीनवटा बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएकोले सो सफाई गर्न र अन्य बँदेल रहेको भए उनिहरुलाई धपाउनका लागि यहाँबाट हुने सम्पूर्ण उडान बन्द गरिएको थियो ।