सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ ।
विमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र घाँस रहेकोले त्यहाँ जङ्गली जनावरहरु आएर लुकेर बस्ने तथा बेला बेलामा जहाजसंग ठोक्किने गरेकोले बुधवारबाट झाडी काट्ने कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाउनुभयो ।