बुटवल पावरको लाभांश घोषणा, पुस २६ मा साधारणसभा

बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले मङ्सिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

सोल्टी होटलको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २६ दशमलव ५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५७८९४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ देखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

४५ प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाईनान्सको साधारणसभा आह्वान

नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने। (३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) । (४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।ख. विशेष प्रस्तावः (१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने। (२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने। (३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने।