सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला र उच्च अदालतमा भन्दा सर्वोच्च अदालतमै बढी विकृति रहेको बताएका छन् । कानुन दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यसको सुधार गर्न जरुरी रहेको बताए ।उनले भने, ‘न्यायपालिकामा विकृति छ, जिल्ला र उच्चमा भन्दा पनि सर्वोच्च अदालतमै विकृति बढी छ । यसको कारक सबैसामु छर्लङ्ग छ । यसको सुधार गर्नु जरूरी छ । तर न्यायाधीशले चाहेर मात्रै पनि सुधार गर्न नसकिने रहेछ ।’ उनले सर्वोच्च अदालतले पेसीका लागि