काठमाण्डाै – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताउनुभएकाे छ । आज साेमवार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसाेसिएशनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसाय गर्दै आएकामध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोलाप्रथामा कुनै शङ्का नगर्न पनि आग्रह गर्नुभयो ...