अवकाशको एक साताअघि नै बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले असोज १६ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । तर, भोलिदेखि नै दसैँ बिदाका कारण अदालत बन्द हुने भएकाले उनको एक साताअघि बिदाई हुन लागेको हो । अवकाशमा जानुअघि सर्वोच्च अदालत प्रशासनले कार्कीको बिदाईका लागि कार्यक्रम राखेको प्रवक्ता विमल पौडेलले जानकारी दिए । […]