जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ । बबरमहलस्थित जसपामा कार्यालयमा बस्न लागेको कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोगमा विचाराधीन मुद्दा, सर्वोच्च अदालतको आदेश, देउवा सरकारबारे धारणा तय गर्ने लगायतको विषयमा छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।अध्यक्ष महन्थ ठाकुरले हेरफेर गरिएको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय २० जना सदस्य हटाएर आफू निकटका लाई समितिमा ल्याए