काठमाण्डाै - फागु पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् ।
कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा ...