बाजुराको बूढीगङ्गामा जनप्रतिनिधि चुन्न मतदान सुरु : मतदान शान्तिपूर्ण रुपमा चल्दै

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा जनप्रतिनिधि चुन्न बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ । मतदान बेलुका ५ बजेसम्म चल्नेछ । अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गर...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर)

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा उत्साहजनक मतदान भइरहेको छ । बिहान ७ बजेबाट मतदान सुरु हुने भने पनि अधिकांश ठाउँमा केही ढिलो सुरु भएको छ । अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण तरिकाले भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशका १३६ पालिकामा झण्डै […]

संखुवासभामा शान्तिपूर्ण मतदान जारी

संखुवासभा : संखुवासभाको अधिकांश मतदान स्थलमा बिहान ७ बजेबाटै सुरु भएको मतदान शान्तिपूर्ण किसिमले जारी रहेको छ। जिल्लाका १० वटै पालिकामा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ। जिल्लामा १०३ मतदानस्थल र  १६२ मतदान केन्द्र तोकिएको छ।जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जनाले मतदान गर्दै छन्। संखुवासभामा ४ सय पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दिएका छन्।१०३ स्थलका १६२ मतदान केन्द्र रहेको यस जिल्लामा निर्वाच

पर्सामा मतदान शान्तिपूर्ण, ७ बजेदेखि नै मतदान सुरु

वीरगञ्ज । पर्सा जिल्लामा बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।