काठमाण्डाै – आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएकाे थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।स्वास्थ्य मन्त्रालयसँगको छलफ...