प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउने, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने तयारी सरकारले गरिरहेको छ ।  

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र सीके राउतबीच सहकार्यका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका न...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा नागरिकता विधेयक, आगामी निर्वाचन तयारी लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए । दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख […]

प्रधानमन्त्री र मेयर बालेनबीच भेट, फोहोरका विषयमा छलफल

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, उपसभामुख चयन गर्ने विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । साथै विचाराधीन नागरिकता विधेयक लगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद अधिवेशन बोलाउनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा भएको दुई शिर्ष नेताको भेटवार्तामा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र आउँदो स्थानिय तहको निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । १० दिन अघि कोरोना संक्रमण […]

देउवा–ओली भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।    भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सह

प्रधानमन्त्री ओली र विप्लवबीच तीन विषयमा छलफल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन वटा विषयमा सरकारसँग छलफल गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका थिए ।जसमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता रकार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । २० फागुनमा सरकार र विप्लवबीच नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रह