प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको हो ।
माओवादी स्थायी कमिटीको बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
आफ्नो पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएसँगै प्रधानमन्त्री देउवाले मन्...