नेपाल आर्थिक संकटको अवस्थामा छैन : परिसंघ

वैशाख ६, काठमाडौं । नेपाल उद्योग परिसंघले हाल नेपाल आर्थिक संकटको अवस्थामा नरहेको बताएको छ । साथै उसले आयातमा प्रतिबन्ध लगाउँदैमा अर्थतन्त्रमा आएको समस्या समाधान नहुने पनि बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले हाल नेपाल आर्थिक संकटको अवस्थामा नरहेको तथा विदेशी मुद्रा सञ्चिति र तरलता व्यवस्थापनका लागि विभिन्न उपाए समेत औंल्याएको छ । साथै उसले गैर आवासीय नेपाली( एनआरएन) लाई निश्चित संख्या र स्थानमा विदेशी मुद्रामा अपार्टमेन्ट खरीद गर्न अनुमति दिनुपर्ने पनि बताएको छ । उसले विदेशी मुद्रामा जुनसुकै समयमा अपार्टमेन्ट विक्री गर्न पाउने व्यवस्था कायम गर्ने र निश्चित समय सीमा कायम गर्न दिन आवश्यक रहेको पनि बताएको छ ।  यसले गर्दा अपार्टमेन्ट खरीद गर्नेलाई दीर्घकालीन भिषा वा स्थायी बसोबासको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था समेत कायम गर्नुपर्ने उसको सुझाव छ ।  परिसंघका अध्यक्ष बिष्णु अग्रवालले  एनआरएनहरुलाई नेपालमा पैसा राख्न प्रोत्सान गर्न गैरआवसीय नेपालीहरुलाई विदेशी मुद्रामा शेयर खरीद गर्न आईपीओको कुल रकममा १५ प्रतिशत कोटा सुनिश्चित गर्नुपर्ने बताए । साथै उनले तरलता कायम गर्न वा बढाउन सुनलाई कमोडिटी सरह बोण्ड बनाई लागू गर्नुपर्ने पनि बताए । ‘सरकार तथा अनुमति प्राप्त वाणिज्य बैंकहरुले निश्चित दरका सुन बोण्ड जारी गरी भविष्यमा कायम हुने सुनको भाउमा सो समयमा खरिद बिक्री हुने व्यवस्था लागु गर्नुपर्छ’, अध्यक्ष अग्रावालले भने । उनका अनुसार निश्चित समयमा रकम दोब्बर हुने गरी नेपाल सरकारले नेपाल विकास ऋणपत्र जस्तो बोण्ड जारी गर्नुपर्छ । त्यस्तै रेमिट्यान्स बैंङ्किङ प्रणालीबाट भित्रने गरि रेमिट्यान्स भित्र्याउने कम्पनी तथा रेमिट गर्ने व्यक्तिलाई सहुलियत उपलब्ध गराउनु पर्ने सुझाव पनि परिसंघले दिएको छ । उसले नेपालमा लगानी आकर्षित गर्ने, हेजिङ नियमावली कार्यान्वयन गर्ने र नेपाली वस्तुको विदेशमा बजारीकरण गर्न विदेशमा लगानी खुला गरिनु पर्ने पनि बताएको छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्रलाई पुनः गति दिने वातावरण बनोस् : परिसंघ

नेपाल उद्योग परिसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार नै नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले परिसंघले संकटपूर्ण...

समस्या समाधान गर्दैन : परिसंघ

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रमम त्रैमासिक समीक्षाले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न नसक्ने जनाएको छ । परसंघले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको अवस्थामा ब्याजदर वृद्धि भएर समग्र मागमा उच्च कमी आएको समयमा आएको मौद्रिक नीतिको समीक्षाले व्यवसायीका समस्या समाधान गर्न नसक्ने जनाएको हो । वाणिज्य बैंकहरूको औसत […]

अर्थतन्त्र संकटमा पुगेको छैनः परिसंघ

अर्थतन्त्रमा केही समस्या देखिए पनि समस्याग्रस्त अवस्थामा नपुगेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए। ‘उच्चदरमा आयात बढेकाले अर्थतन्त्रमा केही समस्या देखिएको छ’, अग्रवालले भने– ‘हामीले उपचार गर्नुपर्छ।’...

देश श्रीलंका हुँदैन, आत्तिनुपर्दैन : परिसंघ

नेपाल उद्योग परिसंघ (सिएनआई)ले देशको अर्थतन्त्र बाहिर हल्ला चलेजस्तो खराब अवस्थामा नपुगेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर परिसंघले मुलुक आर्थिक संकटको अवस्थामा नरहेको, तर संयमित भएर अगाडि बढ्नुपर्ने अवस्थाचाहिँ...

अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : नेपाल उद्योग परिसंघ

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको उहाँको भनाइ छ ।

नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : उद्योग परिसंघ

६ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेकाे दाबी गरेकाे छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरुले अर्थतन्त्रकाे संकट जनाउने अवस्था नरहेको दाबी गरेको हो । ‘अर्थतन्त्र संकटको अवस्थामा छैन, प्यानिक हुनुपर्ने अवस्था पनि छैन । तर चनाखाे भएर भने हिंड्नु पर्ने अवस्था छ,’ परिसंघका अध्यक्ष […]

आर्थिक सुधारको प्रयास नभए आन्दोलन : परिसंघ

विराटनगर (अस) । नेपाल उद्योग परिसंघ प्रदेश १ ले मुलुकको आर्थिक सुधारका प्रयास नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । अर्थतन्त्र नाजुक हुँदै गएको अवस्थामा उत्पादनमूलक उद्योगलाई विभिन्न क्षेत्रबाट हतोत्साहित गर्ने काम भइरहेको परिसंघले बताएको छ । यसबारे राज्यका सरोकारवाला निकायको ध्यानाकार्षण गर्ने र सुनुवाइ नभए आन्दोलनसहितको कडा कदम उठाउने निर्णय परिसंघले गरेको हो । बैंक ब्याजदरलाई एकल अंकमा नझारेसम्म विरोधसहितको कार्यक्रम गर्ने परिसंघले बताएको छ । निकट भविष्यमै आर्थिक क्षेत्रको सम्बन्धमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागसँग अन्तरक्रिया गर्ने निर्णय गरिएको अध्यक्ष भीम घिमिरेले जानकारी दिए । परिसंघले आगामी वर्ष विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने निर्णय पनि गरेको छ

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई नाजुक अवस्थामा पुर्‍याउँछ : परिसंघ

६ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले अर्थतन्त्रलाई अझै नाजुक अवस्थामा पुर्‍याउने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो धारणा सार्वजनिक गरेको हो । दुई अंकले बैंक व्याजदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने, व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने परिसंघको दाबी छ । ‘एकै पटक […]

श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट

कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वय...