रामेछाप : टाउके सामुदायिक वनमा तीन दिनदेखि लागेकाे डढेलाे अझै नियन्त्रणमा आएन

रामेछाप - रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेकाे डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  तीन दिनअघिदेखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् । डढेलो लागेको समुदायिक वनमा प्रायजसाे सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ । डढेलो नियन्त्रणमा लिने प्रयास ...