बीमामा बदमासी

विश्वभरि कोरोना महामारी पैmलिएको समयमा नेपालमा शुरू गरिएको कोरोना बीमाका बीमितले अझै दाबीको भुक्तानी पाउन सकेका छैनन् । सरकारले भुक्तानी दिने भनी बीमा गर्न लगाएकोमा अहिले दाबी भुक्तानी दिने बेलामा अटेर गरी सरकार गैरजिम्मेवार बनेको छ । यसले बीमा व्यवसायप्रति नकारात्मक सन्देश प्रवाह गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा यो समस्यालाई सम्बोधन गरिन्छ भन्ने आशा बोकेका बीमा व्यवसायी र बीमितहरू बजेटमा समेत सम्बोधन नभएपछि निराश बनेका छन् । सम्भावित विकल्पहरूको अध्ययन गरी जस्तो विधि अपनाएर भए पनि कोरोना बीमाको दाबी भुक्तानी दिनैपर्छ । लाखौं व्यक्तिलाई यसरी झुलाउनु भनेको सरकारको हेपाहा प्रवृत्ति हो । ३ अर्बभन्दा बढी दाबी परे सरकारले बेहोर्ने शर्तमा कोरोना बीमालाई निरन्तरता दिइएको थियो । महामारीको बीमा गर्ने प्रचलन अन्यत्र नभएको अवस्थामा नेपालमा कोरोना भित्रिँदैन भन्ने विश्वासमा बीमा कम्पनीहरूले कोरोना बीमा शुरू गरेका थिए । तत्कालीन सरकारले लोकप्रियताका लागि कोरोना बीमा शुरू गरे पनि कार्यान्वयन हुन सकेको भए बीमितलाई फाइदा नै हुन्थ्यो । तर, कोरोना पैmलिएर दाबी भुक्तानी बढ्दै गएपछि भुक्तानी दिइएन । बीमा कम्पनीहरूले आफ्नो भागमा परेको भन्दा बढी रकम दाबी भुक्तानी गरे पनि सरकारले आफ्नो भागको रकम नदिँदा बीमितहरू मारमा परिरहेका छन् । सरकार भनेको अविछिन्न उत्तराधिकारी हो । विगतका सरकारले गरेको निर्णय अस्वीकार गर्न मिल्दैन, त्यसैले त्यसमा कुनै बहानाबाजी गर्न पाइँदैन । भुक्तानी रोक्दा बीमा भनेको झुक्याउने काम हो भन्ने गलत सन्देश जनतामाझ गएको छ । जबकि यसमा बीमा कम्पनीहरूको दोष देखिँदैन । यसै पनि बीमा कम्पनीहरू अनेक बहाना बनाएर सकेसम्म दाबी भुक्तानी दिँदैनन्, दिए पनि थोरै मात्र दिन्छन् भन्ने मानिसको सोचाइ छ । अहिले सरकारका कारण यही सोचलाई मलजल भएको छ । यसबाट आगामी दिनमा मानिस बीमा गर्न हच्किने सम्भावना बढेको छ । यस्तो हुनु भनेको बीमा व्यवसायका लागि नराम्रो हो । नेपालजस्तो देशमा जोखिम कम गर्न बीमा अत्यावश्यक छ । तर, बीमाको फाइदाबारे पर्याप्त जानकारी दिन र सर्वसाधारणलाई विश्वस्त पार्न नसकेकाले बीमा व्यवसायले अपेक्षित गति लिन नसकेको देखिन्छ । त्यसमा पनि बीमा गर्नुको फाइदा छैन भन्ने कुरा कोरोना बीमामा भुक्तानी नदिएर सरकारले नै प्रमाणित गरिदिएको छ । सरकारले दायित्वमा परेको ११ अर्बभन्दा बढी रकम चानचुने होइन । तर, कबुल गरेको रकम सरकारले जसरी पनि दिनैपर्छ । सरकारको अहिलेको कामले सरकारप्रति नै अविश्वास पैदा गर्ने निश्चित छ । भोलिका दिनमा सरकारले जारी गर्ने बोन्डसमेत किन्न मानिसहरू हिचकिचाउनुपर्ने अवस्था आउँछ । सरकार, बीमक संघ र बीमा समितिबीच कोरोना बीमाका बारेमा भएको सम्झौता सार्वजनिक गरेर सरकारलाई दबाब दिनुपर्ने देखिएको छ । सरकारकै कारण दाबी भुक्तानी दिन नसकिएको भन्ने सन्देश सर्वसाधारणलाई नदिने हो भने बीमा कम्पनी नै दोषी मानिन्छन् । कम्पनीहरूले आफूलाई चोखो प्रमाणित गर्न पनि त्यो सम्झौता सार्वजनिक हुनुपर्छ । बीमा समितिले सरकारलाई विभिन्न विकल्पसहितको सुझाव दिएको छ । त्यस्तै बीमाविद् र लगानीसम्बन्धी विज्ञहरूले सरकारले कसरी कोरोना बीमाको दाबी भुक्तानीलाई रकम जोहो गर्न सक्छ भनेर सुझाव पनि दिएकै हुन् । तर, सरकारले कसैका पनि, कुनै पनि सुझावलाई मनन गरेको पाइँदैन । सरकार बीमा कम्पनीकै दायित्व हो भनेझंै गरी मौन बसेको छ । सरकार परिवर्तन भएकाले अर्थमन्त्रीले यसमा चासो नदिएका पनि हुन सक्छन् । यसो हो भने त्यो झनै ठूलो गल्ती हुनेछ । जुनसुकै सरकारले गरेको भए पनि सरकारी प्रतिबद्धता पूरा गर्नुको विकल्प हुँदैन । त्यसैले बजेटमा नै उल्लेख गरेर भए पनि कोरोना बीमाको समस्या सल्ट्याउनुपथ्र्यो । यसमा सरकार चुकेकै हो । अब सम्भावित विकल्पहरूको अध्ययन गरी जस्तो विधि अपनाएर भए पनि कोरोना बीमाको दाबी भुक्तानी दिनैपर्छ । लाखौं व्यक्तिलाई यसरी झुलाउनु भनेको सरकारको हेपाहा प्रवृत्ति हो । यस्तो व्यवहारमा सुधार नहुँदा स्वदेशी बीमा कम्पनीप्रतिको विश्वास घटेर अन्तत: बीमा कम्पनी नै धराशयी हुन सक्छन् । बीमा कम्पनीलाई धराशयी बनाउँदा कसैको पनि हित हुँदैन ।

सम्बन्धित सामग्री

महाकालीको रोयल्टी राजस्व संकलनमा बदमासी

कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थको रोयल्टी राजस्व संकलनमा बदमासी भईरहेको पाइएको छ। भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० मा महाकाली नदीमा ठेक्का नलागेपछि सिधै दैनिक कर्मचारी राखेर राजस्व संकलन गरिरहेको छ।  महाकाली...

विद्यालयकै जस्तापाता खरिदमा बदमासी

दाङको तुलसीपुर उपमहानगरपालिका १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो।...

सी जिनपिङले डरलाग्दो बदमासी गरेः पेलोसी

ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो । चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर  ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्र

अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुनुपर्छः राजन भट्टराई

काठमाडौं, २० असार । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले स्थानीय तहको निर्वाचनका अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानबिन गर्न कार्यदल बनेको छ । कसले कुन तहको बदमासी […]

बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख

पोखरा – पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक। केही समय काम गरेपछि उनको काममा शंका लाग्यो। कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो। २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए। लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का […]

उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडाैं : महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउन सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन्।उनले आम उपभोक्ताको हितका लागि आवश्यक कानून कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।सञ्चार माध्यमहरुले उपभोक्ता हित विपरीतका काम गर्नेहरुलाई बाहिर ल्याउन सके उनीहरुमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनकाे भनाई थियो।नेपाली उपभोक्ता संरक्षण महासंघ, बागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन आग्रह

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चार माध्यमहरुलाई पनि आग्रह गरे । सञ्चार माध्यमहरूले उपभोक्ता हित विपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाई थियो । नेपाली उपभोक्ता संरक्षण महासङ्घ, बागमती प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्र

नदी नियन्त्रण योजनामा बदमासी

काठमाडौँ,२३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताए […]

बुटवलकाे तिलोत्तमामा रोकियो गणना, कर्मचारीले बदमासी गरेको आरोप

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेपछि मतगणना रोकिएको छ। मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेर नेपाली कांग्रेसले पाएको खास मतलाई घटाएको पाइएपछि मतगणना रोकिएको हाे। मतगणनास्थल अहिले तनावग्रस्त छ। कांग्रेसका कार्यकर्ताले मतगणनामा बदमासी गर्नेलाई कारबाही गरिनुपर्ने र स्वतन्त्र व्यक्ति सहभागी गराइनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्। मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको […]