महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चार माध्यमहरुलाई पनि आग्रह गरे । सञ्चार माध्यमहरूले उपभोक्ता हित विपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाई थियो । नेपाली उपभोक्ता संरक्षण महासङ्घ, बागमती प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्र