नदी नियन्त्रण योजनामा बदमासी

काठमाडौँ,२३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताए […]

सम्बन्धित सामग्री

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा &lsq...

पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन

म्याग्दी, ९ चैत । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब […]

नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी- म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ ।मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोड भन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।“दुई वटा प्याकेजमा […]

म्याग्दीमा नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । ‘दुई […]

काली गण्डकीको कटानको जोखिम

कालीगण्डकी नदीको कटानको जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार । नदी नियन्त्रण योजना निर्माण सुरु गर्न ढिलाई हुँदा कटानको जोखिम बढेको छ । तस्वीर : रासस

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

म्याग्दी । कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।  हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र...

नदी कटान नियन्त्रण नहुँदा स्थानीयवासी चिन्तित

म्याग्दी । मध्य हिउँद लाग्दासमेत म्याग्दीको नदी कटानको जोखिमयुक्त क्षेत्रमा नियन्त्रणको काम शुरू भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीले तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम शुरू भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । बजेट विनियोजन भएको केही पनि नदी नियन्त्रण योजनाको काम शुरू नभएको हो । गत बर्खामा बाढीले जिल्ला सदरमुकाम बेनीमा कालीगण्डकी, बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा कटान गरेको थियो ।      रूपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजना र मालिका गाउँपालिकाले ठेक्का लगाएको दरबाङ बजार संरक्षण योजनाको काम सुरु भएको छैन । ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी नियन्त्रण जस्तो संवेदनशील योजना निर्माणमा ढिलाइ भएको मालिका–६ दरबाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।      ‘हिउँदमा नदीको सतह घटेको समयमा काम हुँदैन, बर्खा लागेपछि काम शुरू हुन्छ,’ उनले भने, ‘गतवर्ष भएको ढिलासुस्तीले निर्माणाधीन पर्खालमा क्षति पुर्‍याएको घटना यसपालि नदोहोरिएला भन्न सकिँदैन ।’ प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि बजेटको समेत व्यवस्थापन नभएको स्थानीय कुमार केसीले बताए । गत असारमा नदी कटानबाट दुईओटा घर भत्किएका र १५ परिवार विस्थापित भएका छन् । दुई सय घर कटानको जोखिममा छन् ।      सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानको जोखिममा छ । तत्कालै नियन्त्रणको काम शुरू नगरे आउने बर्खामा म्याग्दी नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । बेनी नगरपालिकाको सहयोगमा नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापनको पहल गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी गरेको उनको भनाइ छ । यसैगरी बेनी–२ बगरफाँटमा पनि नदी कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन नहुँदा जोखिमको चिन्ता बढेको स्थानीयवासी नारायण कार्कीले बताए ।

नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित

म्याग्दी । मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।  गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम सुरु भएको...

ढिलासुस्तीले कटानको जोखिम - Karobar National Economic Daily

म्याग्दीः नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीले बेनी नगरपालिका– ७ मंगलाघाट र जलजला गाउँपालिका– ३ बगरफाँटको बस्ती उच्च जोखिममा परेको छ ।  म्याग्दी नदीको कटान नियन्त्रणका लागि मंगलाघाट र कालिगण्डकीको…